काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा सहभागी भएका नागरिकलाई फिर्ता ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधानमन्त्री छ कि छैन ? भनेर प्रश्न गरेका थिए ।
त्यसको जवाफ दिँदै उनले भने, ‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले ‘प्रचण्ड’ भन्ने मान्छे प्रधानमन्त्री छ । सरकारले पठाएर नेपाली रुसी सेनामा गएका त होइनन् । जे भए पनि नेपाली नागरिक रुसी सेनामा जानु र त्यहाँ युद्धमा मारिनु दुःखद कुरा हो । सरकारले जिम्मेवारी पूर्वक, अझ प्रचण्ड भएको हुनाले भन्छु ।’
उनले रुसी सेनामा सहभागी भएर युद्ध लडिरहेकाहरूसँग राति १२ बजे फोनमा पनि फिर्ता ल्याउनेबारे कुरा गरेको बताए ।