काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा सदन र सरकारबारे छलफल भएको छ।
साथै बैठकमा पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदानलगायत पछिल्ला समसामयिक राजनीतिक परिस्थितिका बारेमा सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूलाई जानकारी गराएका छन्।
बैठक पश्चात् १ बजेदेखि स्थापना दिवसको चियापान कार्यक्रम सुरु भएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।