२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका-४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै बुधबार प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यविरुद्ध मुद्दा दायर गरेको हो ।

विद्यालयले प्रदेश सरकारबाट खानेपानी योजना र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट कुनै पनि काम नै नगरी बिल भरपाई मिलाई अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार प्रधानाध्यापक भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीलाई ८ लाख ३ हजार ४५५, तत्कालीन शिक्षक मण्डललाई ३ लाख ४३ हजार र प्रेस सञ्चालक शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ जरिवाना र त्यति नै बिगो असुल उपर गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस