काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रशाद यादवले राष्ट्रपतिको जिम्मेवारी पाएका छन् । राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुनेगरी तोकिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा आज जेनेभा प्रस्थान गरेकाले उनको उपराष्ट्रपति यादवलाई जिम्मेवारी दिइएको हो ।
नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।