२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विप्लव’ले भने-समाजवादी मोर्चामा विचलन देखियो 

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन् । सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ । समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ ।’

उनले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यवस्थित रूपमा लानको लागि छलफल जारी रहेको बताए । उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे ।

‘नेपालमा समाजवादी आन्दोलन चाहिन्छ । छलफलहरू अगाडि बढिरहेको छ । त्‍यसकारण मोर्चालाई निरन्तरता दिन आवश्यक छ।’ उनले भने ।

उनले विश्वमा पुँजीवादले ठूलो युद्धको षडयन्त्र गरिरहेको बताए । उनले विश्व बजार,पैसा,अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेलवाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको बताए ।

उनले भने, ‘ विश्वमा पुँजीवादले ठूलो एउटा युद्धको षडयन्त्र गरिरहेको छ । बजारको संकट,पैसा,अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेल खेलिँदै छ ।’ उनले भने । संसारलाई विध्वंसतिर डोर्‍याइएर तेस्रो विश्व युद्धतिर लगिरहेको छ ।’

ठूलो परिवर्तनपछि पनि नेपालमा जनताले न्याय नपाएको उनको भनाइ छ । उनले नेपाललाई पनि कुनै न कुनै रूपले अशान्तितिर अर्को एउटा भिडन्ततिर डोर्‍याएको दाबी गरे । उनले नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा नभए ठूलो षड्यन्त्र हुने बताए । उनले समाजवाद नेपालको लागि मात्रै नभएर आजको विश्वको आवश्यकता भएको बताए ।

‘नेपालमा पनि जसरी उत्पडिन थुपारिएको छ । समाजवाद आजको विश्वको आवश्यकता हो । अहिले नेपालमा चुनाव भयो भने पनि जनताले जित्ने स्थिति छैन । चुनाव सामान्य गरिब जनताको पहुँच भित्र छैन,’ उनले भने, ‘त्यसले यसले पनि नेपाललाई कुनै न कुनै रूपले अशान्तितिर अर्को एउटा भिडन्ततिर डोर्‍याएको पाउँछौँ । नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा भएनौँ भने ठूलो षड्यन्त्र हुँदैछ ।’

उनले नेपालमा दलाल पुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको दाबी गरे । उनले भने, ‘दलालपुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको छ । किसान, मजदुर,जनजाति र मधेशको पहुँच छैन । त्यसैले नेपालमा समाजवादको आन्दोलन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस