२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसीसी टी-२० विश्वकप : बंगलादेशको विजयी सुरुआत, श्रीलंकाको दोस्रो हार 

अ+ अ-

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विकेटको जित निकालेको हो ।

खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासको हो । सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशको ब्याटिङलाई लिटन दास र हेरिडोले सम्हालेका थिए । लिटन दास ३८ बलमा ३६ रन बनाएर आउट हुँदा एक छक्का र २ चौका प्रहार गरे । यसैगरी हेरिडोले २० बलमा ४० रनको आक्रामक पारि खेल्दा चार छक्का र एक चौका हिर्काए । सकिब अल हसन ८ रनमा आउट हुँदा कप्तान नजिमुल होसेन ७ रनमात्र जोडेर पभेलियन फर्किए ।

अन्तिम २ ओभरमा ११ रन आवश्यक परेका बेला बंगलादेशका मोहम्दुल्लाहले छक्का प्रहार गर्दै जित नजिक लगेका थिए । उनले १३ बलमा १६ रनको नटआउट पारि खेल्दै जित दिलाए ।

श्रीलंकाका नुवान तुसाराले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । वानेन्दू हसरंगाले दुई विकेट हात पारे ।

डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो । खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए ।

यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ । चार खेलाडीले खाता पनि खोल्न सकेनन् । बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीन तीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे । तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो ।

जितसँगै नेपाल पनि रहेको समूह डीमा बंगलादेशले २ अंक जोडेको छ । बंगलादेशले पहिलो खेलमै जित हात पार्दा श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । 

प्रतिक्रिया दिनुहोस