काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्चामा आबद्ध दलहरुबीच पार्टी एकता संयोजन समिति गठनतर्फ गृहकार्य भइरहेको बताएका छन् ।
शुक्रवार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै महासचिव गुरुङले जसपा विभाजन भए पनि मोर्चामा फरक नपर्ने बताएका हुन् ।
गुरुङले भने,’ढिलोचाँडो समाजवादी मोर्चाबाट पार्टी एकताको दिशामा हामी अघि बढ्छौँ । पार्टी एकता संयोजन समिति बनाउनेतर्फ गृहकार्य भइरहेको छ । समाजवादी मोर्चामा भएका घटक मात्र होइन बाबुराम भट्टराईजीको पार्टी विभाजित भएको छ । महेन्द्र राय यादवजीलगायत साथीहरू पार्टी एकताकै लागि तयार हुनुहुन्छ । त्यसैले हामी समाजवादी मोर्चाबाट पार्टी एकताको दिशातर्फ एक स्टेप अघि बढ्ने सम्भावना छ ।’
समाजवादी मोर्चामा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा एस आबद्ध छन् ।