काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तैगरी चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।