२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीबाट छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन्।

पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे।

‘फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,’ अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु, हिजो ‘प्रचण्ड’बाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनुभयो, त्यो बाटो सही साबित भएन, हामी सही छौँ। हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ। म उहाँहरूलाई स्वागत गर्न तयार छु।’

बुर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र बुर्जुवा चरित्रको नभएको स्पष्ट पारे।

सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थ समाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताए।

उनले पार्टीलाई एकीकृत गरे अगाडि बढ्ने गरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस