२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटमा आन्तरिक उत्पादनलाई जोड दिने घोषणा सकारात्मक : महासंघ

अ+ अ-

काठमाडौँ । नेपाल हस्तकला महासंघले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको छ ।

आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आबद्ध गराउने बजेटले लिएको लक्ष्य सकारात्मक रहेको महासंघको भनाइ छ ।

यस्तो लक्ष्य परिपूर्तिका लागि नेपाल सरकारले हस्तकला जस्तो स्थानीय श्रम, सिप र कच्चा पदार्थमा आधारित उद्योगको प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने समेत महासंघले जनाएको छ ।

निजी क्षेत्रसँगको सहकार्यमा बागमतीलाई उद्योग, लुम्बिनीलाई साना तथा मझौला उद्यमी हब बनाउने घोषणा समेत सकारात्मक रहेको महासंघको प्रतिक्रिया छ ।

प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमद्धारा स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम मार्फत स्वदेशी उत्पादनलाई उत्साहन गर्ने बजेटको घोषणाप्रति समेत आशावादी रहेको महासंघले जनाएको छ ।

उद्यममा युवा सहभागिता बढाउने र नवप्रवर्तनका लागि उद्यमशील वातावरण तयार गर्ने उद्देश्यले स्टार्टप उद्यमशीलताका लागि १ अर्बको कोष व्यवस्थापन गर्ने घोषणालाई समेत महासंघले सराहनीय भनेको छ ।

कोषबाट हुने ऋण प्रवाह सम्बन्धी कार्यविधि झन्झट रहित र लघु, घरेलु तथा सानो स्तरमा रहेका हस्तकला उद्यमीमैत्री बनाउन महासंघले माग गरेको छ ।

सोमबार महासंघका अध्यक्ष प्रचण्ड मल्लले विज्ञप्ति जारी गर्दै हस्तकला क्षेत्रमा धेरै काम अनौपचारिक क्षेत्रमा हुने भन्दै यस क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने घोषणलाई समेत सकारात्मक भनेका छन् ।

प्रतिक्रिया दिनुहोस