२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यका बाहिर स्थायी बसोबास भएकाहरूले पनि काठमाडौँबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने

अ+ अ-

काठमाडौँ । बाहिरी जिल्लाबाट काठमाडौँ आइ बसोबास गरिरहेका नागरिकहरूले काठमाडौँ उपत्यकाबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने भएका छन् ।

काठमाडौँ उपत्यका बाहिर स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएकाहरूले अब काठमाडौँका विभिन्न स्थानबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो । आज (सोमबार)देखि यो व्यवस्था लागू गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका अनुसार नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा काठमाडौँ, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा स्थायी बसोबास भएका सेवाग्राही र राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन सक्ने छन् । काठमाडौँ जिल्लाको विभिन्न स्थानीय तहको परिचयपत्र वितरण अभियानमार्फत परिचयपत्र लिन छुटेका सेवाग्राहीहरूले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरबाट आफ्नो परिचयपत्र लिन विभागले अनुरोध गरेको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि नागरिकता प्रमाणपत्रको सक्कल, बसाई सरी आएकाको हकमा बसाई सराई प्रमाणपत्रको सक्कल र विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्ने छ । विभागका अनुसार हाल देश भरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू, एक सीमा प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानहरूबाट राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने कार्य भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस