काठमाडौँ । खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ ।
महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार नगरपालिकाको कूल रकममध्ये ०.५२ प्रतिशत मात्र बेरुजु देखिएको हो ।
खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेकोमा हलेसी तुवाचुङले सबैभन्दा कम बेरुजु एक प्रतिशत भन्दा तल राख्न सफल भएको हो ।
आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा जिल्लामा तुवाचुङ नगरपालिकाको सबैभन्दा कम बेरुजु भएको पाइएको हो । आव २०७९/८० मा नगरपालिकामा ८७ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।