काठमाडौँ । विद्युतीय सवारीमा धेरै अध्ययन गरेर नै करका दर चलाएको राजस्व सचिव राम प्रसाद घिमिरेले बताएका छन्।
बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजस्व सचिव घिमिरेले अहिले पनि विद्युतीय सवारी साधन प्राथमिकतामै रहेकोले यसमा करका दर धेरै नचलाइएको बताएका हुन्।
विद्युतीय सवारीमा लिएको यसअघिको नीतिले सुरूमा धेरै उत्साहित भएको कारणले सुधार गर्नु परेको उनले बताए। बजेटले सबै खाले विद्युतीय सवारीमा कर बढाएको छ।