काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
पार्टीको आसन्न महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६ देखि २० गतेसम्मका निम्ति तय गरिएको छ ।