२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरी घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका-१२ खोकनामा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत ७ वैशाखदेखि ९ गतेको बिचमा नवराज गुरुङको घरमा कोही पनि नभएको समयमा सुनचाँदीका गरगहनाहरू तथा आईफोन लगायतका धनमाल चोरी भएको थियो । उनीहरूलाई चोरी भएको सामानसहित पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीमा संलग्न रहेका रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगरलाई पक्राउ गरेको हो ।

कार्यालयको टोलीले कमललाई जेठ ३ गते रामेछापको दोरम्बा गाउँपालिका–४ र धनलाललाई भैँसेपाटीबाट चोरीका सामानसहित पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान गर्दा जाँदा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार र कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा सुनचाँदी पसल सञ्चालन गरी बस्ने ४१ वर्षीय रमेश विकलाई पनि प्रहरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसको साथै चोरी गरेको आईफोन किनबेच गर्ने ताम्राकार कम्प्लेक्स स्थित सेल फोन रेस्क्यू सेन्टरका सञ्चालक ४१ वर्षीय योगेश डाँगी र २२ वर्षीय मोहम्मद समीरलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई बरामद गरिएको सामानहरूसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस