२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार ओसारपसार गर्ने पाँच व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी ट्रेजरी विभागका अनुसार, ती पाँच व्यक्तिहरूको सैन्य सामग्री ओसारपसारमा नियन्त्रण गर्ने र उनीहरूको अवैध कारोबार सार्वजनिक गर्ने प्रयासमा तथ्यहरू खुलेपछि यस्तो निर्णय गरिएको बिहीबार जनाएको छ ।

विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले दुई रसियाली र तीन रसियामा आधारित संस्थाहरूलाई दुई देशहरूबीच हतियार स्थानान्तरणमा सहजीकरण गरेको प्रमाण फेला पारेको छ । 

यो निर्णयलाई उत्तर कोरियाको राजधानी प्योंगयांगको हतियार व्यापारमा प्रतिबन्ध लगाउने संयुक्त राष्ट्र सुरक्षा परिषद्को विविध प्रस्तावहरूको उल्लङ्घनको रूपमा लिइएको थियो ।

ती दुई व्यक्तिहरू अलेक्से बुडनेभ र राफेल अनातोलेभिच गजारियन हुन् । ट्रान्स क्यापिटल लिमिटेड कम्पनी, राफोर्ट लिमिटेड कम्पनी र टेक्नोलोजिया कम्पनी पनि प्रतिबन्धमा परेका छन् ।

‘यो कारबाहीले रुससँगको उत्तर कोरियाको गहिरो सैन्य सहयोगलाई बाधा पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’, आतंकवाद र वित्तीय खुफियाका लागि ट्रेजरीका उपसचिव ब्रायन नेल्सनले भने ।

अमेरिकाले रुसको युद्धलाई सक्षम बनाउन हतियार र अन्य सामग्रीको ढुवानीमा सहयोग पुर्‍याउन खोज्नेहरूलाई जबाफदेही बनाउन कारबाही जारी राख्ने नेल्सनले बताए ।

रुसले पहिले नै युक्रेन विरुद्ध उत्तर कोरियाद्वारा उत्पादित ४० वटा ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिसकेको मिलरको दाबी छ ।

उनले दुई देशबीचको गहिरो सम्बन्धले विश्व सुरक्षा र अन्तर्राष्ट्रिय अप्रसार शासनको लागि व्यापक खतरा निम्त्याउने बताए ।

‘हामी रुस–उत्तर कोरियाबीचको साझेदारीको अवस्थालाई रोक्न सबै उपयुक्त कदमहरू चाल्नेछौं र अन्तर्राष्ट्रिय समुदायसँग पनि हामीसँग सामेल हुन आह्वान गर्नेछौं’ मिलरलाई उदृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस