काठमाडौँ । लुम्बिनी प्रदेशमै अत्याधुनिक भिडिओ एक्सरे (युएसजी)मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडिओ एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।
बिहीबार एक कार्यक्रमकाबीच प्रदेशका स्वास्थ्यमन्त्रि दीपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल मेसिन हस्तान्तरण गरेका छन् ।
मन्त्री पुनले नै मेसिनको रिवन काटेर उद्घाटन गरेका थिए । मन्त्री पुनले अस्पतालको ओपीडी, इमरजेन्सी, सर्जरी लगायत विभिन्न विभागहरूको समेत स्थलगत अवलोकन गरेका थिए ।