काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सीएनएनले जुन २७ मा एटलान्टामा पहिलो बहस सञ्चालन गर्नेछ । त्यस्तै दोस्रो बहस सेप्टेम्बर १० मा एबीसीले गर्ने भएको छ । बुधबार मात्र अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पलाई दुई वटा बहस गर्नका लागि प्रस्ताव गरेका थिए । ट्रम्पले तुरुन्तै उक्त प्रस्ताव स्वीकार गरेका हुन् । ट्रम्पले भने फक्स न्युजमा समेत गरी ३ वटा बहसको प्रस्ताव राखेका थिए ।
सीएनएनका अनुसार जुनमा हुने बहस जेक ट्यापर र डाना बासले सञ्चालन गर्नेछन् । त्यस्तै एबीसीमा भने डेभिड मुइर र लिन्से डेभिजले बहस सञ्चालन गर्नेछन्।