२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा सुधार आउँछ : मन्त्री श्रेष्ठ 

अ+ अ-

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरूले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्वविद्यालयमा सुधार नहुने बताएकी छिन् । उनले शीर्ष दलहरूले विश्वविद्यालयमा ‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता जनाएरै त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन । 

आइतबार संसदको  शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री श्रेष्ठले त्रिविको शैक्षिक क्यालेन्डर लागु गर्न दलका भ्रातृ सङ्गठनहरूको अवरोध रहेको र त्यसमा आफूहरूले चाहेर मात्रै सुधार गर्न नसकिने उल्लेख गरिन ।

उनले विश्वविद्यालयको क्यालेण्डर लागू गराई सुधार गराउन आफूहरूले अनौपचारिक पहल गरिरहेको जानकारी गराइन । तर, अनौपचारिक रूपमा संवादलाई अघि बढाए पनि त्यो सफल हुने नदेखिएकाले औपचारिक रूपमै पत्रमार्फत त्रिवि सुधारका लागि दलका शीर्ष नेतासँग छलफल प्रयास गर्ने बताइन । 

उनले दलगत रूपमा आबद्ध कर्मचारी संगठन र प्रशासनले निचोड निकाल्नुपर्ने भन्दै उनले थपिन , ‘टियू रिफर्मको लागि जबसम्म शीर्ष नेताहरुले कमिटमेन्ट दिँदैनन् यो अगाडि बढ्दैन । हामीले प्रशासन र संगठनको सुधारको प्रयास गरिरहेका छौं । समय नै दिएनन् भने अब शीर्ष दललाई पनि पत्राचार गरेर एकै ठाउँमा ल्याएर नो मोर भन्ने कमिटमेन्ट उहाँहरूबाट ल्याउन सक्छौं होला ।’ 

विश्वविद्यालय सुधारका लागि पहिला राजनीतिक दलका भातृ संगठनको सुधार गर्नुपर्ने भन्दै उनले उपकुलपतिले टियूमा हुने राजनीतिकरण सुधारका लागि शीर्ष दलका नेतृत्वसँग छलफल गर्न कोसिस गरिरहेको उल्लेख गरिन । 

 भ्रातृ संगठनका विद्यार्थी र शिक्षक, कर्मचारी संगठनको डरका कारण उपकुलपतिलाई पीएसओ राख्नुपर्ने अवस्था आएको मन्त्री श्रेष्ठले बताइन् । 

‘पोजिसन होल्डर्सहरुको नियुक्ति हुँदादेखि नै टियूको भिसी सरलाई धम्कीले गर्दा पीएसओको बन्दोबस्त गर्नुपर्ने अवस्था छ । त्यसैले सबैले टियूलाई दलीय राजनीतिमुक्त बनाउँछौ भनेर प्रतिबद्धता गरे धेरै कुरा सम्भव छ,’ मन्त्री श्रेष्ठले भनिन् । 

प्रतिक्रिया दिनुहोस