२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

अ+ अ-

डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सु सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।

गत बिहीबार आगलागी घटनामा परेका तीनै जना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा एक जना राति र एक जना बिहानीपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ ।

काठमाडौँमा मृत्यु हुनेमा १२ वर्षीया विवस बुढा र वर्ष १३ का समन्त बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएको र बचाउनका लागि धेरै प्रयास गर्दा नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । 

एकै गाउँका तीन बालबालिका आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा डुबेको उनले बताए । आगलागीमा परेर एक घरका दुई बालबालिकाको मृत्यु भएको उनको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि हेलिकप्टरको व्यवस्था गरेर काठमाडौँ पुर्‍याइएको थियो ।

डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो । घाइते बालबालिकाको उद्धारको लागि हेलिकप्टर भाडा मात्रै साढे सोह्र लाखभन्दा धेरै खर्च आएकाले यसका लागि त्रिपुरासुन्दरी नगरपालिका, कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस