२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त भएकी छन् । कोशी प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले पूर्वसांसद कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

प्रदेश सभाको पहिलो कार्यकालमा कार्की नेपाली काँग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् ।

२०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जिना कार्की नियुक्त भएकी थिइन् । अमेरिका गएपछि उनले तीन महिनाअघि जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । जिनाको राजीनामापछि रिक्त रहेको पदमा मुख्यमन्त्री केदार कार्कीले विन्दियालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले प्रदेश सभाका २ जना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, सङ्घीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

यसैगरी विकास बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त भएका छन् ।

यसै गरी बैठकले प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले बताए ।

बैठकले प्रदेश सरकारले २०८१ सालमा दिने ५ वटा सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छ्यौट सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस