२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न नवनियुक्त सिडिओलाई गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । उपप्रधान एवं गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा केही दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा भएको थियो । जिम्मेवारी सम्हाल्न दिनुअघि उनीहरूलाई गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस् । आज्ञापालक होइन, सृजनशील प्रशासक बन्नुस्,’ उनले भने, ‘नागरिकबाट मान सम्मान खोज्ने होइन, उनीहरूलाई गर्नुस् । औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस् । जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस् ।’ गृहमन्त्री लामिछानेले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न निर्देशन दिए । ‘सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ । आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन ।’

सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न उनको निर्देशन छ । उनले भने, ‘अध्यागमनका समस्या समाधानका योजना ल्याउनुस्, हर सम्भव सहयोग हुन्छ । त्यहाँ सेवाग्राहीले सास्ती भोग्नु नपरोस् ।’

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले स्थानीय सरकारसँग समन्वय गर्न र समयमै निर्णय र रिपोर्टिङ गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस