२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमतसहित तीन पार्टीले सहकार्य गर्ने सहमति 

अ+ अ-

काठमाडौँ । मधेशका तीनवटा पार्टीले सहकार्य गर्ने भएका छन् ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच सहकार्य गर्ने निर्णय भएको हो ।

समसामयिक मुद्दा तथा समस्या समाधानका लागि सहकार्य गर्न सहमत भएको भन्दै जारी संयुक्त विज्ञप्तिमा तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् ।

‘देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै निम्नलिखित बुँदाहरूलाई प्राथमिकतामा राखी दीर्घकालीन समाधानका लागि सतत प्रयत्नशील रहने प्रणका साथ हामी जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल तथा तराई–मधेश लोकतान्त्रिक पार्टी छलफल तथा सहकार्य गर्न सहमत भएका छौँ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ७ वटा हुँदा राखिएका छन् । जसमा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने भनिएको छ ।

यस्तै तराई-मधेशका साथै सम्पूर्ण देशमा समृद्धि र सुशासनको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्ने, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्ने र देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन सहकार्य गर्ने जनाइएको छ ।

साथै, उद्योग-धन्धा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्ने र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरूले उल्लेखित विषयहरूमा सहमत अन्य दलहरूलाई पनि यसमा सहकार्यको अभियानमा सरिक हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस