१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. चन्द्रकान्त भण्डारीले राजनीतिक दलका नेतृत्वमा दूरदर्शिता नभएको बताएका छन् । नेतृत्वले केवल सत्ताको राजनीति मात्र गर्न चाहेको राष्ट्रको नीतिका बारेमा राजनीति गर्न नचाहेको उनको भनाइ छ ।

भण्डारीले शिक्षा, स्वास्थ्य, विकासलगायतका विषयमा राष्ट्रिय नीति बनाउनु भन्दा सत्ता स्वार्थ केन्द्रित राजनीति गर्न नेतृत्व लागि परेको बताए । काँग्रेस नेता चन्द्रकान्त भण्डारीसँग सत्ता गठबन्धन काँग्रेसका कारण टुटेको हो, यो परिस्थितिको आकलन काँग्रेसले गरेको थियो, अब काँग्रेसको भूमिका के हुन्छ लगायतका विषयमा केन्द्रित रहेर प्रशासन डटकमका लागि केशव घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।

प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको गठबन्धन छोड्ने परिस्थिति किन आयो ?
केही दिनअघि मात्रै प्रचण्डजीसँग देशको, आर्थिक, राजनीतिक, सामाजिक र भावी योजनाको बारेमा लामो कुराकानी भएको थियो । गठबन्धन भत्किन सक्ने कुनै संकेत पाएको थिइन । उहाँले काँग्रेससँगको गठबन्धन छुटाउनु पर्ने कारण पनि मैले दुखेको छैन ।

तथापि हाम्रो सरकार चलायमान हुन सकेको थिएन । मन्त्रीहरू परिवर्तन गर्नुपर्ने आवश्यकता थियो । नेपालको राजनीतिमा राजनीतिक नेतृत्व दूरदर्शी छैन । प्रचण्डजीको आठ/दश महिना बाँकी थियो । त्यसमा केपी ओलीजी खेल्नु भएको हुन सक्छ, अरु लामो समय प्रधानमन्त्री बनाइदिन्छौँ भनेर ।

बाम गठबन्धनको जुन नारा छ, यो नेपालमा आकर्षक छ । यसको प्रेसर पनि हुन सक्छ । र शक्ति राष्ट्रको पनि चलखेल हुन सक्छ ।

काँग्रेसकै कारण गठबन्धन टुट्यो भन्ने कुराहरू बाहिर आइरहेका छन्, काँग्रेसको दोष छैन त ?
बाहिर काँग्रेसका कारण गठबन्धन टुट्यो भन्ने कुरा हुन सक्छ । तर, यो गठबन्धन त्यति कच्चो गठबन्धन थिएन, त्यति कमजोर गठबन्धन थिएन । काँग्रेसका कारण गठबन्धन टुट्यो भन्ने मलाई लाग्दैन । भन्नेहरूले महासमितिमा गठबन्धन विरोधी कुरा उठ्यो, टीआरसीमा कुरा मिलेन, मन्त्रीहरू परिवर्तन गर्नुपर्ने थियो भन्न सक्लान् । मलाई लाग्छ यी कारणले समस्या भएको होइन ।

कुरा जहाँ पनि उठ्न सक्छन्, तर उठेका कुराको निर्णय त केन्द्रीय समितिले गर्ने हो । यस कारण काँग्रेसका कारण गठबन्धन टुट्यो भन्ने मलाई लाग्दैन । तर, सरकार सञ्चालनका क्रममा, मुद्दा उठाउने क्रममा काँग्रेसका कमीकमजोरी हुन सक्छन् र छन् पनि ।

सरकारमा नेतृत्व गर्ने काँग्रेसका साथीहरू, पार्टीमा नेतृत्व गर्ने मान्छेहरूले समयसमयमा बैठक नबस्नु, छलफल नगर्नु, उठेका अप्ठ्याराहरूलाई फुकाउन नखोज्नु लगायतका कारणहरू छन् । तर, यही कारण गठबन्धन टुट्यो भन्ने मलाई लाग्दैन ।

यो परिस्थिति आउन सक्छ भन्नेबारे काँग्रेसले केही आकलन गरेको थियो ?
यो कुराको आकलन पार्टी सभापतिले गर्नु भएको थिएन । सरकारमा नेतृत्व गर्ने साथीहरूले पनि गर्नु भएको थिएन । तर, मलाई कता–कता यो अवस्था आउन सक्छ कि भन्ने लागेको थियो । यसबारे प्रखण्डजीसँग मैले कुरा पनि गरेको थिए ।

प्रधानमन्त्रीको प्रतिक्रिया के थियो ?
उहाँको प्रतिक्रिया गठबन्धन तोड्ने भन्ने थिएन । काँग्रेससँग मिलेर सरकार सञ्चालन गर्न उहाँलाई जति सजिलो छ, ओलीजीसँग त्यति सजिलो म देख्दिन, योबारे उहाँ र मेरोबिचमा कुराकानी भएको थियो ।

महासमितिमा उठेका केही विषयले काँग्रेससँग प्रधानमन्त्री प्रचण्ड झस्किनु भएको थियो ?
काँग्रेस महासमितिमा केही विषयहरू छलफलमा आएका थिए । चुनावमा टिकट नपाउने, उठ्न नपाउने, फरक मत राख्ने साथीहरूले कुरा उठाएका थिए ।

कुरा जहाँ जसको पनि उठ्न सक्छ । राजा, धर्म, संस्कृति, वैदेशिक नीति, गठबन्धन लगायतका विषयमा कुरा उठेका छन् । गठबन्धनबारे महासमितिले निर्णय त गरेको थिएन नि । कुरा उठ्ने बित्तिकै झस्किनुपर्ने कारण थिएन । यो तर्क अत्यन्तै कमजोर तर्क हो ।

नेपाली राजनीतिज्ञमा अडान देखिएन, यसले भोलिका दिनमा कस्तो असर पर्ला ?
नेपालका राजनीतिक पार्टीको जसले नेतृत्व गर्नु भएको छ, उहाँहरूले नेपालमा केवल सत्ताको राजनीति मात्र गर्न खोज्नु भयो । राष्ट्रको नीतिका बारेमा राजनीति गर्न चाहनु भएन ।

सत्ता, पद, पैसा, गाडी, सम्पन्नतामा लिप्त हुनु भयो, उहाँहरूको जस्तो चरित्र नेपालको राजनीतिमा लामो समयसम्म रहन सक्छ । यसको अन्त्य निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्र गर्न सक्छौँ । होइन भने अहिलेको नेतृत्वबाट मुलुक अगाडि बढ्न नसक्ने अवस्था म देख्छु ।

गठबन्धन भत्किएको असर प्रदेश र गठबन्धन गरिएका अन्य क्षेत्रमा पनि देखिने होला ?
अब नेपाली काँग्रेसको हातमा केही पनि रहँदैन । राजनीतिमा परिपक्व मान्छे चाहिन्छ, परिपक्वता, सोच, विचार, धर्यता भएको मान्छे चाहिन्छ भन्ने कुरा यी घटनाबाट पुष्टि हुन्छ ।

सबैभन्दा पुरानो पार्टी काँग्रेसमा परिपक्व मान्छे छन् त ?
घटनाले परिपक्वता देखिएन ।

अब काँग्रेसको भूमिका कस्तो हुन्छ ?
अब काँग्रेसले सदनबाट राष्ट्रिय मुद्दाहरू, जनचासोका विषयहरूलाई केवल राजनीति गर्नका लागि मात्र नभई मुलुकका लागि उठाउनु पर्छ । र जनस्तरमा जानु पर्छ । त्यो भन्दा अन्य विकल्प काँग्रेससँग छैन ।

प्रधानमन्त्रीका कारण गठबन्धन परिवर्तन हुन्छ, यो पनि धेरै समय जान्छ जस्तो लाग्दैन ।

अहिलेको गठबन्धन पनि धेरै टिक्दैन भन्न खोज्नु भएको हो ?
क्यारेक्टर एउटै हो । नेपालमा जो सुकै प्रधानमन्त्री भए पनि एउटै व्यक्ति १०/१२ जना विजनेश म्यानको वरिपरि नाच्ने हो । उनैका निम्ति काम गर्ने हो । त्यस कारण कति बेला स्वार्थ बाझिन्छ र फेरि गठन र विघटन हुन्छ ।

यो अस्थिरताको असर कर्मचारीतन्त्रमा पनि देखिएको छ, यसबारे के भन्नुहुन्छ ?
कर्मचारीतन्त्र कठोर परीक्षा पास गरेर सेवा प्रवेश गरेको हुन्छ । तर, त्यो अनुसार मुलुकको निम्ति र प्रशासन सञ्चालनको निम्ति चुकेको छ ।

राजनीति गर्नेहरू निष्ठाको लागि आएका हुन्छन् र कर्मचारहरु लोक सेवाको कठिन परीक्षा पास गरेर आएका हुन्छन् । तर, दुवैमा विचलन देखिएको छ ।

पोल्टिक्स गर्ने सीमित मान्छे भ्रष्टाचारमा लिप्त छन् भने धेरै कर्मचारीहरू भ्रष्टाचारमा लिप्त छन् । हामीले बनाएका संवैधानिक अङ्गहरूमा कर्मचारीबाट मात्रै जाने गराउँदा उनीहरूले पनि काम गर्न छोडे, काम गर्न सकेनन् । यसले गर्दा मुलुक अप्ठ्यारोमा पर्‍यो । यो राजनीतिक अस्थिरताको असर हो ।

अहिलेको गठबन्धनको सन्देश के हो जस्तो लाग्छ तपाईँलाई ?
सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ । काँग्रेससँग हुँदा पनि सत्ता स्वार्थको झुन्ड जस्तो थियो, अहिले पनि सत्ता स्वार्थकै झुन्ड जस्तै देखिएको छ । हिजो केपीजीले नेतृत्व गर्दा झण्डै दुई तिहाइको बहुमतमा पनि सत्ता स्वार्थको मात्रै झुन्ड थियो ।

सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा

सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी

सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा

सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा

सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल

सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे

सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही

सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान

सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह

सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह

सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी

सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल

सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा

सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी

सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती

सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 

सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल

सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल

सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे

सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ

सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी

सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी

सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी

सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?

सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा

सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा

प्रतिक्रिया दिनुहोस