२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किशोरी हत्या प्रकरण : तालिमप्राप्त कुकुर प्रयोग गरी अनुसन्धान

अ+ अ-

काठमाडौँ । मोरङको पथरीशनिश्चरे-७ लामाटोलमा भएको १५ वर्षीया किशोरीको हत्या घटनाबारे प्रहरीले छानबिन तीव्र बनाएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार तालिमप्राप्त कुकुर र अनुसन्धान विशेषज्ञाहरुको सहभागितामा घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मामा घरमा बस्दै आएकी किशोरीको हिजो राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोटाङको एँसेलुखर्क घर भएकी उनी मामाको छोरा ९दाजु० विनोद राईको घरमा बस्दै आएकी थिइन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत् थिइन् ।

मोरङ प्रहरीका प्रवक्ता नायव उपरीक्षक रन्जनकुमार दाहालले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धका कारण भएको हुनसक्ने देखिएको जानकारी दिए । अनुसन्धानका क्रममा प्रहरीले घरका मानिसहरु, छिमेकी अनि शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीको टोलीका साथै जिल्ला प्रहरी कार्यालय मोरङको टोली समेत परिचालन गरिएको छ । यस क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको भनिए पनि प्रहरीले भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस