उपकुलपति बरालद्वारा पदभार ग्रहण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उपकुलपति बरालद्वारा पदभार ग्रहण


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए ।

बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए । शुक्रबार बिहान नियुक्ति पत्र बुझेर दिउँसो पदभार गरेका छन् ।

सम्बन्धित समाचार : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. बराल नियुक्त

सम्बन्धित समाचार : उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ को मापदण्ड पालना गरे-नगरेको अध्ययन गर्दै प्रधानमन्त्री

सम्बन्धित समाचार : त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

सम्बन्धित समाचार : त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

सम्बन्धित समाचार : त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

Tags :
प्रतिक्रिया दिनुहोस