२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ नेपालीसहित माल्दिभ्स सरकारद्वारा १२ देशका १८६ नागरिकलाई देश निकाला

अ+ अ-

काठमाडौँ । माल्दिभ्सले ८ नेपालीसहित १२ देशका १८६ जना नागरिकलाई देश निकाला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार देश निकाला गरिएकामा नेपालका ८, भारतका ४३, बङ्गलादेशका ८३ र श्रीलंकाका २५ जनासहित अन्य मुलुकका गरी १८६ जना नागरिक रहेका छन्।

भिसा उल्लंघन र लागुऔषध सम्बन्धी अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई देश निकाला गरिएको बताइएको छ। गैर कानूनी रूपमा सञ्चालित व्यवसायहरूलाई नियन्त्रण गर्न यस्तो कदम उठाइएको माल्दिभ्सका गृह मन्त्री अलि इहुसानले बताए।

माल्दिभ्सको अध्यागमन नियन्त्रक शमान वाहिदले अपराध गरेको पुष्टि भएपछि १८६ विदेशीलाई माल्दिभ्सबाट देश निकाला गरिएको बताए।

उनीहरूलाई कसरी स्वदेश फर्काइनेछ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन। यस विषयमा नेपाल सरकारलाई कुनै जानकारी नभएको परराष्ट्र मन्त्रालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस