काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले दुई दिन बिदा दिएको छ । सोनाम ल्होसारको अवसरमा बिदा दिइएको हो ।
ल्होसार एक दिन अगावै र एक दिन पछि बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले जारी गरेको सूचनामा उल्लेख छ । पालिकाको वार्षिक पात्रो अनुसार स्थानीय बिदा दिइएको जनाइएको छ ।
गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ ।
