२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कप भलिबल : आज गण्डकी र एपिएफ खेल्दै 

अ+ अ-

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३-२ सेटले नै हराएर एपिएफ क्लबले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख र तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।रासस

प्रतिक्रिया दिनुहोस