२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरोप पठाइदिन्छु भन्दै ६ सय व्यक्तिलाई ठगी 

अ+ अ-

काठमाडौँ । युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै सर्वसाधारणबाट करोडौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उक्त व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला ललितपुर नत्लु गाविस वडा नम्बर ५ हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई हाल जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष ३२ का विकास बाइवा भन्ने सुजन तामाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका १६ बालाजु चोक स्थितमा यूरो विङ्स् शिक्षा परामर्श संस्था सञ्चालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसियालगायतका देशहरूमा पठाइदिन्छु भनि प्रलोभनमा करोडौँ रकम ठगी गरेको कसूरमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले बताएका छन् ।  

उनका अनुसार अनुसन्धानको क्रममा तामाङ २०७३ सालबाट आयुष मेनपावरलगायत विभिन्न मेनपावरहरूमा ऐजेन्टको रूपमा काम गर्न थालेका थिए । करिब पाँच वर्ष एजेन्टको कामगरी विभिन्न व्यक्तिहरूलाई खाडी मुलुकमा पठाउन सुरु गरेका थिए ।

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनि रकम लिई नक्कली भिसा देखाई जागिर छोड्न लगाएको खुल्न आएको छ । विकास वाइवाको नामबाट बैंक खाता खोली आफैँले हस्ताक्षर गरी बैंक÷वित्तिय तथा अन्य सम्पूर्ण कारोबार गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२०७७ सालमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रहेका तामाङलाई कार्यालयबाट खटिएको विशेष टोलीले माघ १७ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । ६ सयजना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट ५० हजार देखि पाँच लाख रुपैयाँसम्म रकम लिएको पनि अनुसन्धानबाट देखिएको छ । 

उक्त ठगी गरेको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर, बसुन्धारामा ५० प्रतिशत सेयर अर्थात ५० लाख रुपैयाँ लगानी गरेको, ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको, सुवास तामाङ (भाई) को खातामा विभिन्न मितिमा १५ लाख ५० हजार जम्मा गरेको, जल विद्युत् सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, पाँच लाखको सुनको ब्रास्लेट खरिद गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

बैदेशिक रोजगार विभागका अनुसार हालसम्म ७० जनाको मुद्दा दर्ता भई तीन करोड २५ लाख २२ हजार विगो देखिएको अन्य मुद्दा दर्ताको क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस