२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरी भएर अमेरिका पुगेका चार कलाकृति फिर्ता

अ+ अ-

काठमाडौँ । नेपालबाट चोरी भएर अमेरिका पुगेका चार वटा ऐतिहासिक कलाकृति फिर्ता भएका छन्।

अमेरिकाका बिभिन्न संग्रहालयमा राखिएका चार वटा कलाकृति फिर्ता आएको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन्। विभागका अनुसार फिर्ता भएका कलाकृतिमा तामाबाट निर्मित भैरवका दुई मुखुण्डा रहेका छन्। यी सोह्रौं शताब्दीमा बनेका हुन्।

दोलखाको भिमेश्वर नगरपालिका(२ स्थित गुरकोट टोलबाट २०५० फागुन २२ मा चोरी भएका थिए। बिभिन्न माध्यमबाट अमेरिकाको डल्लास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा पुगेका थिए।

यस्तै, प्रस्तरबाट निर्मित उमामहेश्वरको मूर्ति पनि फिर्ता आएको छ। सोह्रौं शताब्दीमा निर्मित यो मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि १९९० को बीचमा चोरी भएको थियो। यो मूर्ति ब्रुकलिन संग्रहालय पुगेको थियो।

यसैगरी, प्रस्तरकै दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ रहेो स्थानबाट चोरी भएको थियो। यो अठारौं शताब्दीमा बनेको थियो।

यी कलाकृति बिभिन्न संघसंस्था तथा पुरातत्व विभागको पहलमा पिर्ता भएका हुन्। अहिलेसम्म अमेरिकाबाट ७२ ऐतिहासिक कलाकृति फिर्ता भएका छन्। त्यस्तै, अमेरिकासहित बिभिन्न देशबाट १४५ वटा कलाकृति फिर्ता भएको विभागकी महानिर्देशक प्रधानाङ्गले जानकारी दिइन्।

पछिल्लो चार वटा कलाकृति फिर्ता ल्याउन अमेरिकाका सरकारी निकायले सहयोग गरेको विभागले जनाएको छ। यससँगै न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस