२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकियो ‘द वल्र्ड ह्यपियस्ट म्यान’ को छायाङ्कन

अ+ अ-

काठमाडौँ । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड फिल्म ‘भूठान (द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ ।

फिल्मको कथावस्तु भुटानदेखि भारत,नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र उनीहरुको जीवन यात्राको कथामा आधारित रहने निर्माण टिमले जनाएको छ। फिल्मलाई अंग्रेजीमा ‘वल्डस् ह्याप्पिस्ट म्यान’ भनिएको छ।
यो फिल्ममा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य, भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्ममा ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र रंगकर्मी तथा निर्देशक विमल सुवेदीको पनि अभिनय गरेका छन् । निर्देशक पौडेलका अनुसार पाँच वर्षदेखिको निरन्तर प्रयासपछि हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर फिल्म बनाइएको बताए ।
‘यो नेपालको लागि पहिलो यूनियन (स्याग) फिल्म हुनेछ । यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा प्राविधिक पक्ष अब्बल र यसको कथा पनि विश्वले आत्मसात गर्नेछ । यो फिल्ममार्फत हामी विश्वबजारमा आफ्नो पहुँच बनाउने कुरामा विश्वस्त छौँ’, निर्देशक पौडेलले भने ।

म्याड मंकी फिल्मस्ले निर्माण गरेको फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सनले सहकार्य गरेका छन् । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्माचार्य,एलएन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट रहेका छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् । फिल्म सन् २०२४ को अन्त्यसम्म दर्शकमाझ आउने निर्मातामध्येका एक अविरल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस