२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश संरचनाको विकल्प खोज्नुपर्छ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले काम नगरेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताएका छन् ।

कर्णालीका नेता कार्यकर्तासँग चियापान तथा भेटघाट गर्न मंगलबार आयोजित कार्यक्रममा उनले प्रदेश संरचनाले काम नगरेको सूचकांकहरुले नै देखाएको बताएका हुन् ।

‘प्रदेश संरचनाले काम गर्ने भए कर्णालीमा काम हुनुपर्थ्यो, सुदूरपश्चिममा काम हुनुपर्थ्यो, मधेशमा काम हुनुपर्थ्यो’, उनले भने, ‘आज हेर्नुस् मैले बोल्नुपर्दैन, सूचकांकहरुले भनेका छन् ।’ प्रदेश संरचनालाई सत्ता बार्गेनिङ गर्ने पुराना दलहरूले भारी बिसाउने ठाउँ बनाएको लामिछानेले टिप्पणी गरेका छन् ।

‘अहिले काम गर्नुपर्ने प्रदेश संरचना, संविधानले परिकल्पना गरेको एउटा र अहिले भएको प्रदेश संरचना त्यही बार्गेनिङकर्ताको भारी बिसाउने चौतारी बनेको छ’, उनले भने ।

अहिलेको प्रदेश संरचनाले काम नगरेका कारण आफूले गत मंसिरमा महोत्तरीको जलेश्वरमा बसेको बैठकको राजनीतिक प्रतिवेदनमा प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न नहुने बताएको स्मरण गरे ।

‘मैले जलेश्वर बैठकमा राजनीतिक प्रतिवेदनमा पनि भनेको थिएँ, अहिलेको प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिलो गर्न हुँदैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस