२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरलाई आर्मीले दियो २६३ रनको लक्ष्य, भोजराजले लिए ६ विकेट

अ+ अ-

काठमाडौँ । तीव्र गतिका बलर भोजराज भट्टले ६ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भयो । आर्मीका कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

बसिर अहमद ६३ बलमा ३ चौकासहित ३६ रनमा आउट भए । एक समय ८८-६ को दयनीय अवस्थामा पुगेको आर्मीलाई खेलमा फर्काउन सातौँ विकेटका लागि कुशल र बसिरले ११३ रनको शतकीय साझेदारी गरेका थिए ।

आर्मीको सुरुवात भने राम्रो हुन सकेको थिएन । तीव्र गतिका बलर भोजराट भट्टको बलमा इमरान शेख ९ रनमै क्याच आउट भए । भोजराजकै बलमा सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की एज लागेर २ रनमा विकेटकिपर राजु रिजालबाट समातिन पुगेका थिए ।

पछिल्लो खेलमा कर्णालीसँग शतक हानेका कप्तान विनोद भण्डारी आजको खेलमा चल्न सकेनन् । भोजराजको बलमा मिडअनमा किरन ठगुन्नाबाट क्याच आउट हुनुअघि उनले मात्र २ रन बनाए ।

१० औँ ओभरको अन्तिम बलमा तीव्र गतिका बलर विकाश आग्रीले सन्तोष कार्कीलाई ३० रनमा एलबीडब्लू आउट गरे । उनले २८ बलमा ५ चौका हाने । सन्दीप रजाली ३१ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए ।

बायाँ हाते स्पिनर नरेन साउदले रजालीलाई एलबीडब्लू आउट गरेका थिए । साउदको बलमा सिनियर टोलीका फिनिसर विवेक यादव साउदकै बलमा ४ रनमा बोल्ड आउट भएपछि आर्मी एक समय १६.२ ओभरमा ८८–६ को अवस्थामा पुगेको थियो ।

त्यसपछि भने बसिर र कुशल मल्लको साझेदारीमा आर्मी खेलमा फर्किएको थियो । तल्लोक्रममा साहब आलमले २५ बलमा २ छक्कासहित २१ रन बनाए ।

सोमपाल कामी ३४ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

सुदूरका तीव्र गतिका बलर भोजराज भट्टले ९.३ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ३ विकेट लिए । स्पिनर नरेन साउदले ९ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस