लेखा समितिद्वारा गण्डकी प्रदेशसँग सम्पत्ति विवरण माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लेखा समितिद्वारा गण्डकी प्रदेशसँग सम्पत्ति विवरण माग


१० माघ २०८०, बुधबार


काठमाडौँ । गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारको सम्पत्ति विवरण माग गरेको छ । बुधबार बसेको समितिको बैठकले प्रदेश सरकार अहिले कुन अवस्थामा छ र अहिले उसले प्रयोग गरिरहेको सम्पत्तिको यथार्थ विवरण यथाशीघ्र पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

यथार्थ विवरण आइसकेपछि प्रदेशको मिहिन अध्ययन गर्न, आर्थिक भारको आकलन गर्न र सरकारलाई मितव्ययी बनाउने गरी खबरदारी गर्न सहज हुने समितिको भनाई छ । 

प्रदेशका नाममा अहिले भएका जग्गा, कर्मचारी विवरण, गाडी तथा विभिन्न जिन्सी सामानहरूसमेत गरी गण्डकी सरकारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण पेश गर्न लेखा समितिले निर्देशन गरेको हो ।

गण्डकी प्रदेशमा अहिले करिब ३२ सय कर्मचारीको दरबन्दी भए पनि करिब २३ सय कर्मचारी कार्यरत रहेको विवरण छ । समितिको बैठकमा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले भने आफ्ना पालामा कति छन् कर्मचारी भनेर खोज्दा ५÷७ सय जना मात्रै फेला परेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस