२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दी घटना-मृतकको सङ्ख्या दुई पुग्यो, ‘मानसिक सन्तुलन ठिक नभएका’ व्यक्ति नियन्त्रणमा

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-सात, बिममा शनिबार दिउँसो भएको घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । धारिलो ढुंगा (छपनी) प्रहार गरिँदा गम्भीर घाइते भएकी स्थानीय सात वर्षीया प्रियङ्का गर्बुजाको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

“प्रियंकाकी हजुरआमा ७० वर्षीया मनीषा गर्बुजाको मालिका-सातको लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो,” उनले भने, “हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियङ्कालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।” चिर्पट प्रहार गरिँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको मणिपाल अस्पतालमै उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त रहेका बताएका प्रनाउ कुँवरले जानकारी दिए । हजुरआमालाई दरवाङ-मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियङ्काको टाउकोमा छपनी प्रहार गरिएको थियो । प्रियंकाका भाइ प्रिन्सले भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनीषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जंगलमा घाँस काट्दै गरेका अमृता र अर्की एक महिलामाथि पनि चिर्पट प्रहार गरिएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँनजिकै एउटा ट्याक्सी पनि तोडफोड गरिएको स्थानीयले बताएका छन् । हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका-सात, बिमवाङबाट स्थानीयले ‘मानसिक सन्तुलन ठिक नभएका’ एक व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

“एकजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ,” प्रनाउ कुँवरले भने “विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्यसहित सबै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौँ ।” मृतकको शव परीक्षणका निम्ति बेनी अस्पतालमा ल्याइएको छ ।

सम्बन्धित समाचार : म्याग्दीको मालिकामा एक जनाको हत्या, दुई घाइते

प्रतिक्रिया दिनुहोस