२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले देश हित विपरीत काम गर्‍यो : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन्।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरी कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत भएको दाबी गरे। उनले छिमेकी देशले दिने अनुदान आफूहरू सहर्ष स्विकार्न तयार रहेको तर कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशका लागि नराम्रो भएको उल्लेख गरे।

उनले भने, ‘नेपाल दक्षिण एशियाको सबैभन्दा जेठो मुलुक हो। हाम्रो देशलाई अहिलेसम्म कसैले प्रभुत्वमा राख्न सकेका छैनन्। त्यसैले नेपालको स्वतन्त्रता दिवस पनि छैन। यस्तो स्वतन्त्र मुलुकले अरू देशको दूतावासबाट सोझै रकम ल्याउने गरी परियोजना बनाउनु हाम्रो राष्ट्रिय हितको कुरा हुँदैन। यो राष्ट्रिय हित विपरीत हुन्छ।’ सम्मानित नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर सरकार अघि बढ्न जरुरी रहेको बताए। 

प्रतिक्रिया दिनुहोस