२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ महिनामा एक करोड १९ लाखले गरे हवाई यात्रा

अ+ अ-

काठमाडौँ । सन् २०२३ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका छन्।

यसअवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन्। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रा गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो संख्या सन् २०२२ को तुलनामा ४१ प्रतिशतले बढी हो। २०२२ मा २९ लाख ४५ हजार ५४० जनाले हवाई यात्रा गरेका थिए।

हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३० रहेको छ। नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान भइरहेको छ।

त्यस्तै आन्तरिकतर्फ २०२३ को नोभेम्बरसम्म ७७ लाख ९४ हजार २१७ जनाले हवाई यात्रा गरेका छन्। यो संख्या २०२२ को तुलनामा ३७ प्रतिशतले बढी हो।

२०२२ मा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९१४ जनाले यात्रा गरेका थिए।

प्राधिकरणबाट २१ वटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति पाए पनि हाल १९ वटा कम्पनीले मात्र उडान गरिरहेका छन्। देशभर विमानस्थलको संख्या ५५ पुगेको छ।

यसमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्चालनमा जोडिएका छन्।

प्रतिक्रिया दिनुहोस