२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिनी म्याथनको उपाधि स्काइ र सुस्मितालाई

अ+ अ-

काठमाडौँ। ११ किलोमिटर दूरीको मिनी म्याराथन उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । झापामा आज आयोजित ‘देवी मावि मिनी म्याराथन’ मा १३४ जना धावकहरुको सहभागिता थियो ।

धुलाबारी मोडबाटसुरु भएको मिनी म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, भद्रपुर २ की राईले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् ।

उपाधिसँगै लिम्बू र राईले समान २१ हजार नगद, मेडल र प्रमाणपत्र जितेका छन् । त्यस्तै, पुरुषतर्फ धावक फिदिम १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे । शिवसताक्षी ३ का समिर कन्दङवाले ४० मिनेटमा दौड पूरा गर्दै तेस्रो भए । दोस्रो भएका लिम्बूले १५ हजार, मेडल र प्रमाणपत्र र तेस्रो भएका कन्दङवाले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फ बुद्धशान्ति ५ की सरिता दनुवारले निर्धारित दूरी ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै दोस्रो र अर्जुनधारा ११ की सिमना जवेगूले निर्धारित दूरी १ घण्टा १ मिनेट १३ सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । दोस्रो भएकी दनुवारले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएकी जवेगूले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछिन् ।

विजेताहरुलाई पुस १९ गते विद्यालयमा हुने वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिनेछ । प्रतियोगितामा महिला तथा पुरुष गरी १३४ जना धावकहरुले सहभागिता जनाएका थिए । झापा, बिर्तामोडको देवी माध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सव अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस