२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षालाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ, ६ पुस । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा नगरकोटमा दुई दिने राष्ट्रिय भेला आयोजना गरेको छ । 

भेलामा लैङ्गिक सशक्तीकरण, सामाजिक समावेशीकरण र परिचालन विषयगतक्षेत्रमा संवैधानिक आयोगका प्रमुख, विषय विज्ञ, विषयगत मन्त्रालयका पदाधिकारी, विश्वविद्यालयका प्राध्यापक तथा अभियन्ता तथा सरोकारवालाको राष्ट्रिय तहमा सहभागिता एवं मूलभूत तहमा विज्ञहरूबाट सुझाव प्राप्त भएको आयोगका सहसचिव प्रदीप परियारले जानकारी दिए । 

कार्यक्रम आयोगका  सदस्य डा. अनिता शाहको अध्यक्षता सञ्चालन गरिएको थियो भने समापन आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो । 

विज्ञहरूले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सीमान्तकृत वर्ग समुदाय एवं क्षेत्रको हक अधिकार संरक्षण तथा हक प्राप्तिमा बाध्यकारी प्रावधानका साथै नियमित वार्षिक अनुगमन हुनुपर्ने सुझाव दिएका छन् ।

सामाजिक समावेशीकरणमा महिला, आदिवासी जनजाति, दलितलगायत समूहलाई लक्षित गरी अनिवार्य रूपमा सरकारले कार्यक्रम तथा बजेट ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका थिए । 

शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग जोड्ने विषयलाई सोह्रौँ आवधिक योजनामा समेट्नु पर्ने सुझाव  प्राप्त भएको सहसचिव परियारले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस