महिला कर्मचारीलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महिला कर्मचारीलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । संघीय संसद सचिवालयका एक महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ । संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटाएको भन्दै एक महिला शाखा अधिकृतलाई झापड हानेका थिए ।

मंसिर तेस्रो साता भएको उक्त घटना प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर समक्ष पुगेको थियो । घटनाबारे थाहा पाएपछि उपसभामुख राना मगरले उपसचिव गैरेसँग सोधपुछ गरेकी थिइन् । घटनाबारे गैरेले माफी समेत मागेका थिए ।

घटना बाहिर आएपछि यसबारेमा संसद सचिवालयको प्रशासनले उपसचिव गैरेसँग स्पष्टीकरण सोधेको थियो । त्यसकै आधारमा संघीय संसद सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार गैरेमाथि कारबाहीको तयारी भएको सचिवालय स्रोतले जनाएको छ । यो दफा अनुसार कारबाही भएमा उनको दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का वा दुई वर्षदेखि पाँच वर्षसम्म तलबवृद्धि रोक्का हुने छ ।

सम्बन्धित समाचार : प्रतिवेदनमा नाम छुटाएको भन्दै उपसचिवले हाने अधिकृतको गालामा चड्कन

Tags :
प्रतिक्रिया दिनुहोस