काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेर तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।