काठमाडौँ । भारतको तेलंगानामा भारतका रेवन्त रेड्डी मुख्यमन्त्री बन्ने भएका छन् ।
विधानसभा चुनावमा बहुमत पाएको काँग्रेस पार्टीका महासचिवले रेड्डीको नाम अनुमोदन गरेका हुन् । उनले ७ डिसेम्बरमा शपथ लिनेछन् ।
कांग्रेसका तेल गाना प्रदेश अध्यक्ष रेड्डीले नै राज्यमा पार्टीको चुनावी अभियानको नेतृत्व गरेका थिए । उनले सत्तारुढ बीआरएस (पहिले टीआरएस) र मुख्यमन्त्री चन्द्रशेखर रावविरुद्ध आक्रामक शैली अपनाएका थिए ।
उनले टीआरएसमाथि भ्रष्टाचारको आरोप लगाउनुका साथै भारतीय जनता पार्टी ९भाजपा०सँग साठगाँठ गरेको दाबी गरेका थिए ।
चुनावका क्रममा उनले तेलंगानाको गठन काँग्रेसले नै गरेको मुद्दा जोडदार रूपमा उठाएका थिए ।