२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो

अ+ अ-

काठमाडौँ । संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमानसमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रममा सहभागीले कानुनमा व्यवस्था भएका प्रावधानको कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएको बताए ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको विषयमा प्रस्तुति दिँदै कानुनी दृष्टिले नेपालमा विश्वकै उत्कृष्ट उपभोक्ता अधिकार भएको भए पनि कार्यान्वयनका दृष्टिले सबैभन्दा कमजोर अवस्था रहेको बताए। 

उनले नेपालको संविधानले स्वच्छ वातावरण उपभोक्ता संरक्षणजस्ता विषयमा स्पष्ट उल्लेख गरेको जनाउँदै कार्यान्वयनका दृष्टिले नेपालमा धेरै कमजोर अवस्था रहेको उल्लेख गरे । 

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संविधान र कानुनले प्रदत्त गरेका उपभोक्ता अधिकारलाई कार्यान्वयन गर्न नसक्नु पनि भ्रष्टाचार रहेको भन्दै आफूहरूले उपभोक्ता अधिकारलाई गम्भीरताका साथ लिएर अनुगमन गर्ने गरेको बताए । उनले सबै पक्षले आ–आफ्नो स्थानमा गम्भीर भएर काम गर्नुपर्ने भन्दै एउटा सरकारले अर्को सरकारलाई दोष दिएर उपभोक्तामाथि खेलबाड गर्न नमिल्ने उल्लेख गरे ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पछिल्लो समय स्थानीय तहसँग मिलेर जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्दै आएको बताए । उनले स्थानीय तह, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मीलगायत सरोकारवालाको सहयोगमा बजार अनुगमन नियमित भइरहेको जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिकाले उपभोक्ताको हितलाई ध्यान दिँदै नियमित तथा छड्के अनुगमन गर्दै आएको बताए । उनले बजार अनुगमनको कामलाई तीन चरणमा विभाजन गरेर पहिलो प्रचारप्रसार, दोस्रो घरदैलो र तेस्रो चरणमा कैफियत भएकालाई कारबाही गर्ने गरी योजना निर्माण गरिएको बताए ।

कार्यक्रममा घरेलु तथा किराना पसल सङ्घ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका प्रतिनिधिले बजारलाई व्यवस्थित बनाउन व्यवसायी, उपभोक्ता र सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस