२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो देशमा काम गर्ने वातावरण नै छैन : कुलमान घिसिङ

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो देशमा काम गर्ने वातावरण नै नभएको बताएका छन् ।

ललितपुर महानगरपालिका भित्रको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा घिसिङले प्राधिकरणलाई सरकारकै निकाय, राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसकारी संस्था लगायत स्थानीय स्वयंले काम गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।

प्राधिकरणको काम गर्दा सबैले आफ्नो क्षेत्रको विकासमा योगदान दिनुपर्ने भएपनि त्यसो नभएको उनको गुनासो थियो ।

‘प्राधिकरणले गर्दा अलिकति गाह्रो भयो भने नगरपालिका, वडा स्थानीय सबैले गाली गर्छन् । सडकले त झन् काम नै गर्न दिँदैन, म आफैँ उभिएर काम गरौँ भन्दा अब त निर्माण कम्पनीहरूले सडकको सहमति विना काम नै नगर्ने भन्छन् । अब कसरी काम गर्ने ?’ घिसिङले भने ।

समन्वयको समस्या समाधान नभए विकास सम्भव नरहेको भन्दै उनले ट्रान्समिसन लाइनको सबै ठाउँमा असहज भइरहेको सुनाए ।

गैरसरकारी संस्था प्रति आक्रोश व्यक्त गर्दै घिसिङले विकास विरोधी भन्न भ्याए । ‘नेपालमा एनजीओ, आईएनजीओ यति धेरै छन्, उनीहरूको काम नै रोक्ने हो । एडीबीको परियोजना आयो भने नेपालदेखि अन्तर्राष्ट्रिय एनजीओ सबै रोक्न लागि पर्छन् । ’

नेपालमा काम गर्न नदिने प्रवृत्ति बढेको भन्दै उनले नेगेटिभ कुरा गरेर काम नहुने बताए । ‘वनले काम गर्न दिएको छैन, अपर अरुणको काम एउटा रुख काट्न नदिएर एक वर्षदेखि रोकिएर बसेको छ । यस्तो स्थितिले देश बन्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस