२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूर्ति बनाएरै रामबहादुरले जोडे घरघडेरी 

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा–१० झरालीका ३५ वर्षीय रामबहादुर विष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख विष्टको बचपनादेखिकै हो ।

‘स्कुल पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो’, विष्टले भने, ‘अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।’ मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उनी बताउँछन् । ‘काम गर्न भ्याइ नभ्याइ छ’, उनले भने, ‘मासिकरूपमा रु ५० हजारदेखि ७० हजारसम्म कमाई हुन्छ ।’ मूर्तिकलानै जीवन जिउने आधार बनेको विष्ट बताउँछन् । घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उनलाई पछुतो छैन ।

‘उच्च शिक्षा पढेर सरकारी नोकरी गर्ने अभिलाषा थियो’, विष्टले भने, ‘मूर्तिकलामा रमाउन थालेपछि दाम र नाम दुवै चलेपछि त्यो सबै बिर्सिए, अहिले यही पेशा प्यारो लागेको छ, पढाई पूरा गर्न नसकेको पछुतो छैन ।’ नेपालका अधिकांश ठाउँबाट मूर्ति बनाउने माग आउन थालेको विष्टले बताए । मूर्ति बनाउने तालिम भने उनले लिएका छैनन् । अरुले बनाएका मूर्ति हेर्दै सिक्दै गएको उनको भनाइ छ ।

‘काम गर्दै जाँदा सीप निर्खादै गए, अहिले जुनसुकै मूर्ति बनाउन दिए पनि बनाउन सक्ने भएँ’,विष्टले भने, । आफूले पहिला पेन्टरको कामबाट कलाकारिता थालेको र त्यसपछि ब्यानरमा लेख्ने, चित्र कोर्ने, शिलालेखसँगै मूर्ति कोर्न थालेको उनले बताए । काठ, सिमेन्ट, धातु ग्रेनाइड र ढुङ्गामा शिलालेखको काम गरेवापत उनले प्रति बर्गफिट दुई हजार पाँच सय ज्याला लिन्छन् ।

विष्टले मूर्ति बनाउनका लागि १० हजारदेखि ८० हजार रुपैयाँसम्म रकम लिन्छन् । ‘मूर्तिको प्रकृति हेरेर रकम लिने गरेको छु’,उनले भने, ‘हालसम्म मझौला प्रकृतिका मूर्ति बनाउने माग आएको छ, ठुला मूर्ति बनाउने इच्छा भए पनि माग आएको छैन ।’

सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विशेष गरी मन्दिरमा राखिने मूर्ति, शिलालेख, काठका धार्मिक स्तम्भमा मूर्ति कोर्ने कार्य अधिक आउने गरेको विष्टको भनाइ छ । मूर्ति बनाउने कार्यसँगै उनले प्रशिक्षण पनि दिँदै आएका छन् । मूर्ति बनाउने कार्यबाट आएको रकमले विष्ट परिवारको घर खर्चसँगै छोरा छोरीलाई प्राविधिक शिक्षा पढाउन लाग्ने खर्च व्यहोरिदै आएको छ । यस पेशाबाट आएको रकमले उनले घरघरेडी पनि जोडेका छन् ।

‘यस पेशालाई अपनाए पछि खर्च अभाव भएको छैन, सबै ठाउँमा चिनिने मौका पाउँदा गौरवान्वित महशुस गर्छु, नाम र दाम दुवै पाएपछि यही पेशालाई जीवन्त राख्छु’ विष्टले भने । पैसाकै लागि विदेशिने युवालाई उनी स्वदेशमै काम गरे मान सम्मानसँगै दाम कमाउन सकिने सल्लाह दिन्छन् ।

प्रतिक्रिया दिनुहोस