काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने भएका छन् ।
जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएकाले आफूले भाइटीका नलगाउने निर्णय गरेको उनको भनाइ छ ।
कार्तिक १७ गते राति गएको भूकम्पबाट कम्तीमा १५४ जनाको ज्यान गएको थियो । यस वर्षको भाइटीका आगामी बुधबार परेको छ ।