३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैवी प्रकोप सहायता कोषमा ६ करोड सङ्कलन

अ+ अ-

काठमाडौँ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब ६ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ ।

भूकम्प गएको भोलिपल्ट शनिबारदेखि नै विभिन्न सङ्घसंस्थाबाट पीडितलाई सहयोग गर्ने घोषणा भए पनि बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको हो ।

कोषका अनुसार बुधबारसम्म बुद्ध एयरले १ करोड, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, मुक्तिनाथ दर्शनले ५ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ करोड, चैतन्य एकेडेमीले एक लाख, मनीष रेग्मीले एक लाख १० हजार, धादिङ काँग्रेसले एक लाख ५१ हजार, काँग्रेस (केन्द्र) ले ५० लाख, कुस्मा नगरपालिकाले ४ लाख ७० हजार, नेपाल एलपीजी ग्यास उद्योग सङ्घले ११ लाख ११ हजार, केएनपी जापानले ५ लाख र अन्यले २ करोड ४ लाख ४७ हजार गरी कुल ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । उल्लिखित रकम कोषमा नगदै जम्मा भएको सहयोग हो । यसबाहेक छिमेकी मुलुक र देशभित्रका विभिन्न सङ्घसंस्थाले पनि आफैँ राहत वितरण गरिरहेका छन् । यसरी वितरण भएको राहतको एकीकृत विवरण भने आइसकेको छैन ।

भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश सरकार, अन्तर्राष्ट्रिय जगत्, निजी सङ्घसंस्था र व्यक्तिले गरी २० करोड हाराहारीमा नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नगदै जम्मा गर्ने प्रतिबद्धता गर्ने मध्येले पनि हालसम्म जम्मा नगरेकाले बुधबारसम्म करिब ६ करोड रुपैयाँ मात्र जम्मा भएको कोषले जनाएको छ । सहयोगका लागि आह्वान गरेको तीनरचार दिन मात्र भएकाले कोषमा बिस्तारै रकम सङ्कलन भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस