२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने

अ+ अ-

काठमाडौँ । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने भएको छ ।

समितिका सभापति रामहरि खतिवडाको टोलीमा ९ सदस्यीय टोली जाने तयारी भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिका सभापति रामहरि खतिवडालाई भूकम्पपीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका थिए ।

सभामुखको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र पश्चिम रुकुमको स्थलगत अनुगमनमा जाने निर्णय लिएका थिए । सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिएका थिए ।

‘संसदको नियमित अधिवेशनसमेत अन्त्य भएको अवस्था छ, जनताको आवाज संसदमा पुग्ने अवस्था छैन,’ सभामुखले खतिवडालाई निर्देशन दिँदै भनेका थिए, ‘सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुूनी शासनको स्थापना लगायत विभिन्न गतिविधिहरूमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिने कार्यक्षेत्र भएका नाताले तपाईँहरू प्रभावित क्षेत्रमा जानुहोला ।’

समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने जानकारी दिए । अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा,  विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाने निर्णय भएको छ ।

सभापति खतिवडाले जहाज तथा यातायात खर्चसमेत व्यक्तिगत तवरबाटै गर्ने जानकारी दिए । उनले सानो र छरितो टिम आफ्नै खर्चमा अनुगमनमा जाने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस