२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटमा भारतले श्रीलङ्कालाई ३०२ रनको विशाल अन्तरले हरायो

अ+ अ-

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतले श्रीलङ्कालाई ३०२ रनको विशाल अन्तरले हराएको छ।

भारतले दिएको ३५८ रन पछ्याउने क्रममा श्रीलङ्का १९ दशमलव ४ ओभरमा ५५ रन बनाउँदा अलआउट हुँदै ३०२  रनको विशाल अन्तरले हारेको हो।  

श्रीलङ्कालाई जम्मा ५५  रनमा सीमित राख्न भारतका बलरहरू मोहम्मद शमीले पाँच विकेट, मोहम्मद सिराजले तीन विकेट तथा जसप्रीत बुमराहले एक विकेट लिए।  

श्रीलङ्काका पाँच जना ब्याटर खाता नै नखोली आउट भए।दुई जनाले एक एक रन बनाए । एंजलो मैथ्यूजले १२ रन जोडे । कसुन रजिताले १४ रन बनाए । श्रीलङ्काले अतिरिक्त स्वरूप नै २० रन पाएको थियो।

यो हारसंगै श्रीलङ्का विश्वकपको उपाधि दौडबाट लगभग बाहिरिएको छ । आयोजक भारतले भने जारी विश्वकपमा अपराजित यात्रा कायमै राखेको छ । भारत ७ खेलमा ७ नै जित सहित १४ अङ्कका साथ तालिकाको अग्रस्थानमा उक्लिएको छ भने श्रीलङ्का ७ खेलमा २ खेल जितेर ४ अङ्कका साथ तालिकाको सातौँ नम्बरमा यथावत रहेको छ।

यस अघि भारतको मुम्बईमा भएको  खेलमा श्रीलङ्काले टस जितेर भारतलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएपछि घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५७ रन बनाएपछि श्रीलङ्काले खेल जित्न ३५८ रन बनाउनु पर्ने भएको हो।

पहिलो ओभरको दोस्रो बलमा भारतका कप्तान रोहित शर्मा आउट भएपछि भारत दबाबमा रहेको थियो ।पछि  विराट कोहली र शुभमन गिलले उत्कृष्ट खेल्दै सम्मान जनक स्कोर बनाउन मद्दत गरे । शुभमन गिलले ९२ बलमा ११ चौका र  २ छक्कासहित  ९२ रन बनाए ।विराट कोहलीले  ९४ बलमा ११ चौकासँगै ८८ रन बनाए । के एल राहुलले १९ बलमा २ चौकासँगै २१ रनको योगदान दिए । सूर्यकुमार यादवले ९ बलमा २ चौकासँगै १२ रन बनाए । श्रेयस अय्यर ५६ बलमा ३ चौका र ६ छक्का ठोक्दै  ८२ रन बनाएर आउट भए । मोहम्मद शमी ४ बलमा २ रन बनाएर आउट भए । रवीन्द्र जाडेजा २४ बलमा १ चौका र १ छक्का ठोक्दै  ३५ रन बनाएर आउट भए।

श्रीलङ्का लागिदिलशान मदुशंकाले १०ओभरमा ८० रन खर्चेर ५ विकेट लिए। दुश्मांता चमीराले  १० ओभरमा  २ मेडन ओभर सहित ७१  रन खर्चेर १ विकेट लिए।अन्य बलरहरू कसुन रजिता,जलो मैथ्यूज, महीश थीक्षणा र शान हेमंता कसैले विकेट लिन सकेनन्।

प्रतिक्रिया दिनुहोस